काबुल, एजेन्सी। अफगानिस्तानमा बेलायती सेनाको हेलिकोप्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य पाँच जना घाइते भएका छन् ।

‘पुमा एम के–२’ सैन्य हेलिकोप्टर अफगानिस्तानको राजधानी काबुलमा नजिकै रहेको नेटोको प्रशिक्षण स्थलमा अवतरण गर्ने क्रममा स्थानीय समय अनुसार आइतबार दिउँसो ४ः१५बजे दुर्घटना भएको हो ।

बेलायतको रक्षा मन्त्रालयका अनुसार मृत्यु हुनेमा दुई जना बेलायती सैनिक छन् । अधिकारीहरुका अनुसार मृतक बेलायती सैनिकका परिवारलाई भने दुर्घटनाको जानकारी अझै दिइएको छैन ।मृतक अन्य तीन जनाको पहिचान खुलाइएको छैन ।