काठमाडौं । मुलुकको ३८ औं प्रधानमन्त्रीमा एमाले अध्यक्ष केपी शर्मा ओली निर्वाचित हुने पक्का भएको छ ।

विजय गच्छदार नेतृत्वको मधेसी जनअधिकार फोरमले केपी शर्मा ओलीलाई सघाउने निर्णय गरेपछि ओलीको पक्षमा स्पष्ट बहुमत देखिएको छ ।

ओलीलाई संसदको तेस्रो दल एमाओवादी, चौथो दल राप्रपा नेपाल र अन्य साना दल सहित १७ दलको समर्थन रहेको छ ।