काठमाडौं । नेपालको नयाँ संविधान जारी भएपछि नयाँ प्रधानमन्त्री पदको निर्वाचन अहिले केही बेरमा व्यवस्थापिका–संसद् भवन बानेश्वरमा सुरु हुँदैछ । सो पदको प्रतिस्पर्धामा संसद्मा सबैभन्दा ठूलो राजनीतिक दल नेपाली काँग्रेसका सभापति सुशील कोइराला र दोस्रो दल नेकपा (एमाले)का अध्यक्ष केपी ओली उत्रनुभएको छ ।
नयाँ संविधान लेखनमा दुई दलबीच रहँदै आएको मित्रवत् सम्बन्धमा प्रधानमन्त्रीको कुर्सी कसले प्राप्त गर्ने होडसँगै केही सङ्कुचित बनाइदिएको छ । दुवै नेताले लोकतन्त्रको अभ्यासका लागि दलको निर्णयअनुसार आफूहरू प्रतिस्पर्धामा उत्रेको बताएका छन् ।
लोकतान्त्रिकको अति सुन्दर पक्ष चुनावी मैदानमा जसले हारे वा जिते पनि एकअर्कालाई सम्मानका साथ सहयोग र समर्थन गर्ने बचन उहाँहरूले दिइसक्नुभएको छ । प्रधानमन्त्री चयनका लागि व्यवस्थापिका–संसद् बैठक अहिले ११ बजेका लागि डाकिएको छ ।