काठमाडौं। राष्ट्रपति डाक्टर रामवरण यादवले सहमतीय सरकार गठनका लागि दिएको समयसीमा आज सकिंदैछ ।
राष्ट्रपति डाक्टर यादवले असोज १५ गते सहमतीय सरकार गठनका लागि संसद् अधिवेशन आह्वान गर्दै सात दिनको समयसीमा दिएका थिए ।
राष्ट्रपतिले दिएको समयसीमाभित्र सहमतीय सरकार गठनकोसम्भावना नभएपछि दलहरु बहुमतीय प्रक्रियामार्फत् सरकार गठनको कसरतमा लागेका छन् ।
नयाँ सरकार गठनका लागि बहुमतीय प्रक्रिया भोलिबाट शुरु हुने छ । शुक्रबार नै व्यवस्थापिका संसद्को बैठक बोलाइएको छ ।