काठमाडौं। नेपाली कांग्रेसको १३ औं महाधिवेशन आगामी फागुन २० देखि २३ सम्म हुने भएको छ। आज बसेको कांग्रेस केन्द्रिय समिति बैठकले महाधिवेशनको मिति तोकेको हो।

नयाँ संविधानबाट महाधिवेशन गर्न थप छ महिना समय पाएको कांग्रेसले गाउँ नगर माघ १५ गते, क्षेत्र २२ गते जिल्ला अधिवेशन २५ गर्ने निर्णय गरेको कांग्रेस केन्द्रिय सदस्य प्रदीप पौडेलले जानकारी दिए।

बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा केन्द्रीय समिति बैठक बोलाएको थियो।

यसअघि कांग्रेसले १३ औं महाधिवेशनको मिति दुईपटक र स्थानीय तहको अधिवेशनको मिति तीनपटक तय गरे पनि संविधान निर्माण लगायतका कारण देखाउँदै स्थगित गरेको थियो ।