बनेपा: नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष पशुपति मुरारकाले मुलुकमा ऊर्जाका लागि वातावरण बनेको भए अहिले भारतलाई जवाफ दिन सरकार सक्षम हुने बताएका छन्।
बनेपामा मंगलबार काभ्रेपलाञ्चोक उद्योग वाणिज्य संघको ३८औँ वार्षिक साधरणसभामा उनले राज्यले उद्योगी तथा व्यवसायीलाई महत्व नदिएका कारण भारतको अघोषित नाकाबन्दीको मारमा परेको बताए।
उनले अझै पनि जलस्रोतको सदुपयोग गरेर ऊर्जाको विकास गर्न सकिने तर्क गर्दै यसका लागि निजी क्षेत्र सरकारसँग सहकार्य गर्न तयार रहेको बताए।  उनले भने, ‘हामी मजवुद नभएकाले यो अवस्था आएको छ, त्यसैले हामीले परनिर्भरताको मानसिकता त्याग्न जरुरी छ।
उनले आन्दोलनको स्वरुप परिवर्तन गर्न सम्वन्धित पक्षसँग अनुरोध गरेको उल्लेख गर्दै अघोषित नाकाबन्दीले जनजीवन कष्टकर भएको बेलापनि सरकार मौन बसेको आरोप लगाए।
यसका साथै नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष चण्डीराज ढकालले राज्यले निजी क्षेत्रलाई संरक्षण गर्न नसकेको आरोप लगाए।
यस्तै महासङ्घका पूर्वअध्यक्ष सुरज वैद्यले नेपाली आत्मनिर्भर हुन नसेकेका कारण अहिलेको समस्या व्यहोर्नुपरेको उल्लेख गर्दै भारतलाई गाली गरेर समस्याको समाधान नहुने बताए। रासस