काठमाडौं। नेपाली कांग्रेसले पार्टीको १३ औं महाधिवेशन आगामी फागुनमा गर्ने निर्णय गरेको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको कांग्रेस पदाधिकारी बैठकले महाधिवेशन फागुनमा गर्ने निर्णय गरेको हो ।
महाधिवेशनको मिति भने बुधबार बस्ने केन्द्रीय समितिको बैठकले टुंगोलगाउने कांग्रेस उपसभापति रामचन्द्र पौडेलले जानकारी दिए ।