पेट्रोलियम पदार्थको आपुर्तिमा असहज भएपछि नेपाल आयल निगमले तेल वितरणमा सोमबारदेखि कटौती गर्ने भएको छ ।
पेट्रोलियम पदार्थ लिन सर्वसाधारणहरुको भिड लागेको र त्यसलाई व्यवस्थित गर्न सोमबारदेखि नयाँ प्रणाली अपनाउन लागिएको निगमका प्रवक्ता दीपक बरालले जानकारी दिए ।
पेट्रोलियम पदार्थको वितरणमा कटौति गर्दै केही सञ्चयको लागि वितरणमा सोमबारदेखि कटौती गर्न लागिएको उनले बताए । बरालका अनुसार सरकारी पम्पबाट तेल वितरण गरिनेछ ।
मोटरसाइकलले लागि हप्तामा ३ लिटर, कारको लागि १० लिटर र सार्वजनिक सवारी साधनको लागि जोर र विजोर दिन मिलाएर एक पालोमा २० लिटर मात्र दिने निर्णय आयल निगमले गरेको छ । सरकारले हिजोबाट नै देशभर गाडी प्रयोगमा जोर दिन जोर र विजोर दिन विजोर मात्र चल्न पाउने निर्णय गरेको थियो।
राष्ट्रिय उडान भर्ने हवाइजहाज लागि  १५ दिनसम्म  पुग्ने हवाई इन्धन रहेको समेत बरालले बताए । ३ दिन सार्वजनिक विदा परेपछि निगमको थानकोट डिपोबाट पम्महरुमा पेट्रोलियम पदार्थ लैजान सकिएको छैन् ।