सरकारले आज देखि लागू हुनेगरी देशभर सवारीसाधनमा जोरबिजोर प्रणाली लागू गरेको छ । नयाँ व्यवस्थाअनुसार जोर गते जोर नम्बरका र बिजोर गते बिजोर नम्बरका सवारीसाधन सञ्चालन हुनेछन् ।
भारतले लगाएको नाकाबन्दीका कारण पेट्रोलियम पदार्थको आपूर्ति ठप्प भएपछि सरकारले आइतबारदेखि देशभर सवारी सञ्चालनमा जोरबिजोर प्रणाली लागू गर्ने निर्णय गरेको छ ।

गृह मन्त्रालयमा शनिबार बसेको मन्त्रीस्तरीय बैठकले आपूर्ति रोकिएको अवस्थामा मौज्दात इन्धन व्यवस्थित गर्न जोरबिजोर प्रणाली लागू गरेको हो । गृहले जोर गतेका दिन जोर र बिजोर गते बिजोर नम्बर प्लेट भएका गाडी चलाउन अपिल गरेको छ । यो प्रणाली अत्यावश्यक (प्रहरी, सरकारका उच्चपदस्थ, सेना , एम्बुलेन्स, अस्पताल, दूध, पानी, स्कुल, ग्यास, प्रेस, अनुगमनमा खटिएका सवारी साधन)बाहेकको हकमा लागू हुने जानकारी गृह मन्त्रालयका प्रवक्ता सहसचिव लक्ष्मी ढकालले दिए ।