अर्घाखाँची : अर्घाखाँचीको हंसपुर गाविसमा गएराति विद्युत प्राधिकरण गुल्मीको जीप दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ ।

गुल्मीबाट सन्धिखर्क आउदै गरेको विद्युत प्राधिकरण गुल्मीको बा१ञ १३५१ नम्बरको जीप हंसपुर–४ को लौरीमा दुर्घटना हुँदा विद्युत प्राधिकरण गुल्मीका ओभरसियर जीवकान्त पाण्डेको मृत्यु भएको जिल्ला प्रहरी कार्यलयका प्रहरी निरीक्षक युवराज तिमिल्सिनाले बताए ।

दुर्घटनामा गम्भीर घाइते ओभरसियर पाण्डेको सन्धिखर्क अस्पतालमा उपचार हुन नसकेपछि बुटबल लैजाँदै गर्दा बाटोमै  ज्यान गएको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीले बताएको छ ।

जीप चालक विद्युत प्राधिकरण गुल्मीका प्रमुख सुरेन्द्र चौधरी सामान्य घाइते भएका छन् । उनलाई जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीले नियन्त्रणमा लिएको छ । दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले बताएको छ ।