काठमाडौं । विश्वभर अहिले सात लाख भन्दा बढी महिला तथा बालिका बन्दी रहेको एक अध्ययनले देखाएको छ । लन्डनस्थित इन्टिच्यूट फर क्रिमिनल पोलिसी रिसर्चको अध्ययनअनुसार सन् २००० देखि सो संख्यामा बालबालिका रहेका हुन् ।

अमेरिका, चीन, रसियामा सो संख्याको आधार बन्दी रहेको पनि अध्ययनले सार्वजनिक गरेको राजधानीमा खबर छ । अध्ययनकर्ताहरुले महिलाहरु ज्यादै नै जोखिममा र अवसरबाट बञ्चित रहेकाले यो अध्ययन विश्वभरका सरकारका लागि एक महत्वपूर्ण चासोको विषय बन्नुपर्ने बताए ।

यो अध्ययन विश्वभरका दुई सय १९ देश र स्वतन्त्र सीमा भएका क्षेत्रबाट संकलित तथ्यांकका आधारमा तयार भएको हो ।