मधेशमा जारी आन्दोलनलाई मध्यनजर गर्दै भारत सरकारले नेपालसँगको सीमामा सुरक्षा व्यवस्था कडा पारेको छ। भारतबाट नेपाल आउने महोत्तरीको सम्पूर्ण बोर्डर सिल गरिएका छन भने आवतजावत र सामान ढुवानीमा पनि रोक लगाइएको छ।
भारतको विहार राज्यको मधुवनी र सीमामढी जिल्लासँग ३८.४७ किलोमीटर सीमा जोडिएको महोत्तरीको १३ गाउँ विकास समितिको सीमा क्षेत्रमा भारतीय सीमा सुरक्षा बल एसएसबीले आफ्नो सक्रियता बढाएको छ। भारतीय एसएसबीले महोत्तरीको मटिहानी, पर्सापतैली, जलेश्वर, नैन्ही, बथनाहा, कट्टीकटैया, खैरबन्नी, रघुनाथपुर नाकाहरुबाट प्रवेश गर्ने नेपाली सवारी साधन र सर्व साधारणहरुलाई भारततर्फ प्रवेशमा रोक लगाएको छ। भारतले महोत्तरीसँग जोडिएको ती नाकाहरुमा उच्च सुरक्षा व्यवस्था राख्दै नाका ठप्प पारेको छ।
भारतीय एसएसबीले भारतको सीमासँग जोडिएको महोत्तरीका विभिन्न नाकाहरुमा सूरक्षा व्यवस्था कडा पारी चेकजाँच शुरु गरिएको छ। सुरक्षा स्थितलाई ध्यानमा राखि भारतले सीमामा रहेको प्रहरी चौकीहरुलाई पनि हाईएलर्ट गरेका छन भने नेपाल तर्फको सुरक्षाकर्मीहरुले पनि सीमामा आउजाउ गर्नेहरुको चेक जाँच गरेका छन्। भारतीय एसएसबीका असिस्टेन्ट सव ईन्सपेक्टर रमेश शर्माले विहारमा हुन गई रहेको चुनाव र मधेसका जिल्लाको भई रहेको आन्दोलनलाई ध्यानमा राखेर सीमासिल गरिएको हो।
चेक जाँचको लागि डाँग स्क्वाँयडपनि तैनाथ गरिएको छ भने नाईट विजन क्यामराबाट पनि ग्रामीण क्षेत्र सम्म नजर राख्ने काम भएको छ।
मंगलवार बिहानदेखि सीमा क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ भने नाकामा नेपाल भारत तर्फका उल्लेख रुपमा सुरक्षाकर्मी परिचालन गरिएको छ। भारतीय सीमा क्षेत्रमा ४८ घण्टे विशेष पेट्रोलियम सेवा सञ्चालनमा ल्याएका छन।
भारतले संविधान जारी भएको २४ घण्टाभित्रै दुईपटक वक्तव्य जारी गरी आफ्नो असन्तुष्टि जनाईसकेको थियो। अघिल्लो पत्रमा भारतले नेपालको संविधानलाई समर्थन नगर्ने भन्दै सांकेतिक चेतावनी दिएको भारत सरकारले सोमवार राति झनै कडा वक्तव्य निकाल्दै सीमा नाका र ढुवानी बन्द गर्ने सम्मको चेतावनी दिएको थियो।
बिहार–नेपाललाई सबैभन्दा संवेदनशील र अवाञ्छित आवतजावतको विन्दु भन्दै गृह मन्त्रालयले थप सीमा सुरक्षा बल तैनाथ गराउन बिहार राज्य सरकारलाई निर्देशन दिएपछि महोतरीको नेपाली नाका शिल गरिएको हो।
नेपालमा आइतबार संविधान जारी भएपछि भारतीय सीमावर्ती नेपाली भूभागमा हिंसात्मक घटना बढेको कारण देखाउँदै भारतले सीमा क्षेत्रमा जारी तनाव अन्त्य गर्न नेपालले तत्काल पहलकदमी नदेखाएका कारण नेपालसँग जोडिएका सबै आवतजावत नाका बन्द गरेका हुन्। भारतले बिहार राज्यमा असोज २५ देखि कात्तिक १९ सम्म ६ चरणमा हुन लागेको राज्यसभा निर्वाचनको सन्दर्भ जोडदै सीमावर्ती तनाव र हिंसाजन्य गतिविधिबारे गत साता पनि विज्ञप्तिमार्फत सचेत गराएको थियो।
महोत्तरीमा जारी संयुक्त लोकातान्त्रिक मधेसी मोर्चाको मधेश आन्दोलनको क्रममा प्रहरीको गोली लागेर जलेश्वरनगरपालिका ७ का रोहन चौधरी ६० वर्षीय रेडक्रसकर्मी गणेश चौधरी महोत्तरी गाविस ५ का रामविवेक यादव पिगौना ५ का विरेन्द्र विच्छा जलेश्वर नगरपालिका १४ बखरीका मुसवा भनिने अमित कापर र हातिलेट ९ घर भएकी ३६ वर्षिया रामशिला मण्डल गरी ५ जना मृत्यु भएको थियो। प्रर्दशनकारीको कुटाईबाट सशस्त्र प्रहरीका असई थमनबहादुर विकको मृत्यु भएको थियो।