दक्षिण एसियाली उद्यमी महिलाको तीनदिने सम्मेलन आजदेखि सुरु हुँदैछ ।
फेडेरेसन अफ बिजनेस एन्ड प्रोफेसनल ओमेन नेपाल (बिपीडब्लु) र गरिबी निवारण कोषको संयुक्त आयोजनामा हुने सम्मेलनमा नेपालका २० तथा पाकिस्तान, बङ्गलादेश, भुटान, श्रीलङ्का र भारतका २० महिलाको सहभागिता रहने बिपिडब्लुका अध्यक्ष अम्बिका श्रेष्ठले जानकारी दिनुभयो ।

सम्मेलनमा उद्यमी महिलाको सफलता, चुनौती, सम्भावना, दक्षिण एसियाली मुलुकले उद्यमी महिलाको सफलताका लागि गरेको प्रयासका बारेमा छलफल गरिनाका साथै अनुभवसमेत साटासाट गरिने छ ।