काठमाडौ । तराई–मधेशमा आन्दोलन चलिरहेको बेला त्यहाँ संघर्षरत् सशस्त्र भूमिगत संगठनहरुबीच समेत मोर्चाबन्दी भएको छ ।
रौतहटको एक अज्ञात स्थानमा बसेको भनेको सशस्त्र समूहरुको बैठकले जयकृष्ण गोइतको नेतृत्वमा ‘संयुक्त मुक्ति मोर्चा’ गठन गरेको जनाइएको छ ।

जयकृष्ण गोइतको अखिल तराई मुक्ति मोर्चा, राजन प्रतापको मधेश मुक्ति टाइगर्स, तराई र नागराजको तराई कोबराबीच मोर्चाबन्दी भएको आज जारी संयुक्त प्रेस विज्ञप्तिमार्फत् जनाएको छ ।