विराटनगर । विराटनगरमा प्रहरी र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताको झडपका क्रममा गोली चलेको छ । प्रहरीको गोली लागेर एक महिलासहित दुईजना घाइते भएका छन् । टाउकोमा गोली लागेर घाइते भएका विराटनगर–७ सरोचियाका २२ वर्षीय विशाल केसरीको गोल्डेन अस्पतालमा उपचार भइरहेको छ ।

त्यस्तै छातीमा गोली लागेकी विराटनगर–७ की ३० वर्षीय पिंकी केसरीको विराट नर्सिङ होममा उपचार भइरहेको छ । मोर्चाका कार्यकर्ताले टायर बालेपछि प्रहरीले हस्तक्षेप गर्न खोज्दा झडप सुरु भएको हो । अहिले दोहोरो ढुंगा हानाहान भइरहेको छ ।

स्थिती नियन्त्रणमा लिन प्रहरीले ६ सेल अश्रुग्याँस र २ राउण्ड हवाई फायर गरेको डिएसपी प्रमोद खरेलले दाबि गरेपनि स्थािनयका अनुसार प्रहरीले दुई दर्जन अश्रुग्याँस तथा डेढ दर्जन गाेली प्रहार गरेकाे छ । विराटनगरको महेन्द्र चौकदेखी शनि मन्दिरसम्मको स्थिती अहिले तनावपुर्ण छ ।