काठमाडौं । नयाँ संविधान घोषणा हुने दिन राजनीतिक दलले बन्दको आह्वान गरे पनि राजधानीको जनजीवन सामान्य छ । आइतबार बिहान यातायातका साधनहरु चलिरहेकाले बन्दको खासै प्रभाव परेको छैन ।

संविधानसभा भवन अगाडि सडक पखालेर सफा गरिँदैछ भने संविधानसभा वरिपरि सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

संविधान घोषणाको विरोध गर्दै वैद्य र विप्लव नेतृत्वका दुई माओवादीले आम हडताल भने पनि राजधानीमा त्यसको प्रभाव परेको छैन । राजधानीवासीहरु नयाँ संविधानलाई स्वागत गर्न व्यग्र देखिएका छन् ।