काठमाडौं । एफसी यु-१६ को छनोट चरणको दोस्रो खेलमा नेपालले किर्गिस्तान यु-१६ लाई ४-२ ले हराउन सफल भएको छ । पहिलो हाल्फमा दुई गोलले पछी परेको नेपालले चारै गोल दोस्रो हाल्फमा गरेको हो । यो नतिजा ले नेपाल को एफसी फाईनल राउन्डमा छनोट हुने सम्भावना प्रबल बनाएको छ । भारतमा हुने एफसी फाईनल राउन्डमा सेमि-फाइनल प्रबेश गर्ने चार टोलिहरुले भारतमा हुने यु-१७ विश्व कप खेल्नेछ ।
जोर्डन बिरुद्धको जितसंगै उच्च मनोबलको साथमा मैदानमा उत्रिएको नेपालले सुरुवातमा आक्रामक फुटबल खेलेपनि पहिलो हाल्फको पछिल्लो समयमा घरेलु टिम खेलमा हाभी भयो |
२-० ले पछिपरेको नेपाल दोस्रो हाल्फ़मा ४ गोल फर्काउन सफल भयो | दोस्रो हाल्फको १३औं मिनटमा कप्तान मनिश कार्कीले गोल गर्दै २-१ बनाएका थिए, रेजिनले दिएको बललाई मनिशले पेनाल्टी लाईन बाट गोल गरेका थिए । बिचमा प्रतिद्वोन्दी केहि राम्रो खेले पनि रेजिनले ६९औं मिनटमा एकल प्रायसमा उत्कृष्ट गोल गर्दै खेल २-२ को बाराबारीमा लेराएका थिए ।
दिनेश हेन्जनले फेरी चार मिनट पछी लङ पासलाई गोलमा परिणत गर्दै ३-२ को आग्रता दिलाए । खेलको ८५औं मिनटमा अभिषेक रिजाललाई लडाए पश्चात किर्गिस्तानका कप्तान मेलिसबेकोभ अजमातले दाहोरो पहेलो कार्ड सँगैं रातो कार्ड पाएका थिए र बिपक्षी १० जनामा सिमित भएको थियो । ९०+१ मिनटमा दिनेश हेन्जनको गोल गर्दै स्कोर ४-२ बनाए ।
नेपालले समुह चरणको अन्तिम खेल ओमान सँग खेल्नेछ ।