काठमाडौं
।
संविधानसभाले
अत्यधिक
बहुमतले
पारित
गरेको
नयाँ
संविधानमा
हस्ताक्षर
गर्ने
काम
शुक्रबार
बिहानदेखि
नै
धमाधम
भइरहेको
छ
।
बिहान ९ बजेदेखि संविधानसभा भवन नयाँबानेश्वरमा सुरु भएको हस्ताक्षर कार्यक्रम दिउँसो ३ बजेसम्म चल्नेछ । संविधानसभा भवनको ल्होत्से हलमा सभाध्यक्ष सुवास नेम्वाङको उपस्थितिमा कार्यक्रम सुरु भएको हो ।
हस्ताक्षरका
लागि
सभासद्
बिहानैदेखि
लाइनमा
छन्
।
कुल
१०
वडा
डेस्कमा
सभासद्हरुको
वर्णानुक्रमअनुसार
संविधानका
अनुसूचीअन्तर्गत
राखिएका
सभासद्हरुको
नामावलीको
सूचीमा
हस्ताक्षर
भइरहेको
छ
।
नेपाली
कागजमा
मुद्रण
गरिएको
पाँचप्रति
संविधानमा
हस्ताक्षर
हुनेछ
।
हस्ताक्षर
क्रम
सकिएपछि
सभाध्यक्ष
नेम्वाङले
प्रमाणीकरण
गर्ने
कार्यक्रम
छ
।