एजेन्सी । पाकिस्तानको सैनिक मुख्यालय आक्रमण गर्न गएका ६ जना आतंकवादीको मृत्यु भएको छ । पेशावरस्थित सैनिक मुख्यालयमा हतियारसहित प्रवेश गर्न खोजेका ८ देखि १० जना आतंकवादी मध्ये सेनाले गरेको कारबाहीमा ६ जनाको मृत्यु भएको हो ।

अन्य आतंकवादी भने भाग्न सफल भएका छन् । सैनिक मुख्यालय प्रवेश गर्ने क्रममा सुरक्षा गार्डका रुपमा रहेका सेनामाथि आक्रमण गरेका उनीहरुमाथि सेनाले जवाफी कारबाही गरेको हो ।