काठमाडौं । ‘मिस यूथ नेपाल-२०१५’ को उपाधि दीपिका केसीले जितेकी छिन् । जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न प्रतियोगितामा दीपिकाले बेस्ट फिजिक्सको टाइटल एवार्ड समेत जित्न सफ भइन् ।३० जना प्रतिस्पर्धिहरुलाई पछि पार्दै विजयी भएकी हुन् ।
उपाधिसहित दीपिकाले विभिन्न उपहारहरु प्राप्त गरिन् । टि्रक मिडियाले पहिलो पटक आयोजना गरेको सौन्दर्य प्रतियोगितामा पूजा भेटवालले फस्ट रनर अप भइन् ।
पूजा सन् २०१० मा सम्पन्न वराह ज्वेलरी क्वीनकी विजेता समेत हुन् । प्रेरणा खनालले सेकेण्ड रनर अपको उपाधिमा चित्त बुझाइन् ।