काठमाडौँ। असोज ३ मा संविधान जारी गर्न सार्वजनिक विदा भएपनि कोरियन भाषा परिक्षा भने तोकिएकै समयमा हुने भएको छ । इपिएस शाखाले कोरियन भाषा परिक्षा असोज २ र ३ मा गर्ने गरि पहिले देखि नै तयारी गरिसकिएकोले सार्वजनिक विदाको दिन पनि कोरियन भाषा परीक्षा नरोकिने कोरिया शाखाका निर्देशक डिल्लीराम बास्तोलाले बताए ।

इपिएस शाखाले परीक्षाका लागि कोरियाबाट ५२ जनाको टोली नेपाल आइसकेको जानकारी गराएको छ । यस वर्ष उपत्यकाका साथै पोखरामा पनि परीक्षा हुने छ । उपत्यकामा १५ र पोखरामा ३ परीक्षा केन्द्र तोकिएको छ । परीक्षा सञ्चालन गर्न ५ जनाको टोली पोखरा गईसकेको बास्तोलाले बताए ।

कोरिया शाखाले परीक्षामा खेताला परीक्षार्थी आउने गरेको भन्दै यस वर्षको सुरक्षा व्यवस्था कडा पारीएको बास्तोलाले जानकारी गराए । उनले भने,‘अघिल्लो वर्ष ८२ जना खेताला परीक्षार्थीलाई नियन्त्रणमा लिएका थियौँ ।

यस वर्ष खेताला रोक्न लागि हरेक परीक्षार्थीलाई ३ पटक सम्म चेक गर्ने ब्यवस्था गरेको इपिएस शाखाले जनाएको छ ।  २० असोजमा परीक्षाफल प्रकाशित गर्ने र त्यसपछि स्वास्थ्य परिक्षण गरिने छ । स्वास्थ्य परिक्षण पछि स्किल टेष्ट हुने छ ।