१ असोज, काठमाडौं । स्कान्डिनाभियाको टेलिकम अपरेटर टेलिया सोनेरा एबीले नेपालको दोश्रो ठूलो दुरसंचार प्रदायक संस्था एनसेलमा गरेको ८० प्रतिशत शेयर लगानीबाट हात झिक्ने भएको छ।
स्विडेन सरकारको ३७ प्रतिशत शेयर रहेको उक्त कम्पनीले नेपाल लगायत अजरवैजान, काजकिस्तान, जर्जिया, मोल्डोभा र ताजिकिस्तानबाट पनि स्थानीय समस्याहरुलाई दोष लगाउँदै आफ्नो लगानी झिक्ने घोषणा गरेको हो।
टेलिसोनेराले आज जारी गरेको वक्तव्यमा उज्बेकिस्तानबाट आफ्नो लगानीबाट हात झिक्ने क्रममा नेपाल लगायत अन्यदेशहरुमा पनि स्थानीय साझेदार तथा अधिकारीहरुसँग समस्या भएका कारण आफुले आफ्नो लगानीबाट हात झिक्ने सक्ने बताएको हो।
उज्बेकिस्तानमा जस्तै नेपालमा पनि उक्त कम्पनीले आर्थिक समस्या झेलिरहेका कारण आफ्नो ८० प्रतिशत लगानी शेयर झिक्नसक्ने बताएको हो।
आर्थिक वर्ष ०६९÷७० देखि लगातार सरकारलाई सबैभन्दा धेरै राजस्व तिर्न सफल एनसेललगायत युरेसियामा लगानी रहेका सबै कम्पनीबाट टेलियासोनेरा बाहिरिन लागेको हो । युरोप र स्वीडेनमा लगानी बढाउने तथा सेवा विस्तारमा ध्यान केन्द्रित गर्ने उद्देश्यले बिहीबार टेलियासोनेरा बोर्ड बैठकले यस्तो निर्णय लिएको हो ।