एजेन्सी । सन्नी लियोनले कसरत सम्बन्धि डिभिडी लन्च गरेकी छन्। ‘सुपर हट सन्नी मोर्निङ्स’ नाम दिइएको डिभिडीको प्रारूप चर्चित फिटनेस गुरू मिक्की मेहेताले तयार पारेका हुन्।
सार्वजनिक गरिएको डिभिडीमा सन्नीले वर्कआउट कसरी गर्ने भन्ने अलावा घरभित्रै गर्न सकिने कसरतका महत्वका बारेमा कुरा गरेकी छिन्। उनको त्यो डिभिडी सबै उमेरसमूहका महिला तथा पुरुषका लागि उपयूक्त हुने बताइएको छ।