काठमाडौं । सुन सोमवार तोलाको डेढ सय रुपैयाँले सस्तिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन तोलाको ४९ हजार ७ सय ५० रुपैयाँमा कारोवार भइरहेको छ।
अघिल्लो दिन सुन ४९ हजार ९ सय रुपैयाँ कारोवार भएको थियो। त्यस्तै चाँदी पनि तोलाको १० रुपैयाँ घटेको छ। ६ सय ९० रुपैयाँमा हिजो कारोवार भएको चाँदी आज ६ सय ८० रुपैयाँ प्रतितोला कारोवार भएको छ।