काठमाडौं । संविधान निर्माण हुने निश्चित भएपछि नयाँ सरकारको चर्चा पनि सुरु भएको छ ।संविधान जारी भएलगत्तै संविधानसभा संसदमा रुपान्तर हुनेछ ।

रुपान्तरित संसदले हिउँदे अधिवेसन बोलाएर एकसातामा नयाँ सरकार गठन हुने भनिए पनि प्रधानमन्त्री संयुक्त राष्ट्र संघको महासभामा भाग लिन न्यूयोर्क जाने भएकोले नयाँ सरकार गठनमा केही ढीलाई हुने भएको छ । प्रधानमन्त्री कोइराला असोज ६ गते न्यूयोर्क जाँदैछन् ।