युएई , भदौ २७ ।  संम्युत्त अरब एमिरेट्स यूएईका विभिन्न कम्पनीले १० हजार एक सय पाँच जना नेपाली कामदारको माग गरेका छन् । युएईका विभिन्न कम्पनीले दुई महिनाको अबधीमा १० हजार एक सय पाँच जना नेपाली कामदारको मागपत्र दूतावास मार्फत प्रमाणिकरण गरेका हुन् ।

सरकारले युएईसँगै खाडीका ६ वटा देशमा निशुल्क टिकट र भिषाको व्यवस्था भएका कम्पनीमा मात्रै कामदार पठाउने नियम लागु गरेपछि कामदारको माग घट्ने भन्दै चिन्ता गरिएको थियो । तर यो नियम लागु भएपछि पनि नेपाली कामदारको मागमा खासै कमी नभएको दूतावासले जनाएको छ ।

गएको दुई महिनामा दूतावास मार्फत प्रमाणिकरण भएका मागपत्रमा २ सय २४ जना घरेलु कामदारको संख्या छ । त्यस्तै सगंठित कम्पनीका लागि व्यत्तिगत र समुहगत मागपत्र मार्फत ९ हजार ८ सय ८१ जना नेपाली कामदारको माग भएको दूतावासका द्वितिय सचिव कृष्ण अर्यालले जानकारी दिनुभयो ।

युएई दूतावासले व्यत्तिगत रुपमा २ स ६७ जना कामदारको माग प्रमाणीकरण गरेको छ भने समुहगत रुपमा ९ हजार ५ सय ५० जना कामदार माग स्वीकृत गरेको दूतावासले जनाएको छ ।