बारा। तराईमा जारी आन्दोलन शनिबार पनि जारी छ । तराईका ठाउँ ठाउँमा कर्फयु, निषेधित क्षेत्र, दंगाग्रस्त क्षेत्र तोकेर स्थिति नियन्त्रणमा लिने प्रयास गरिएको छ । तर आन्दोलन हिंस्रक बन्दै गएको छ ।
बाराको मटिअर्वा सडकमा शनिबार बिहानै आन्दोलनकारीले चिनी बोकेका तीन वटा ट्रकमा आगजनी गरेका छन् । रिलायन्स चिनी मिलबाट काठमाण्डु र रौतहटका लागि निस्केका ट्रकलाई आन्दोलनकारीले बाटैमा राकेर आगो लगाएका थिए ।
सातायता महोत्तरीमा सात जनाको मृत्यु भएपछि जलेश्वरमा शनिबारको कफ्र्यु निकै कडा पारिएको छ । धुनषाको जनकपुरमा पनि कफ्र्यु जारी छ । उता बर्दियामा पाँच दिनका लागि लिइएको बन्द फिर्ता एक दिन अघि नै तोडिएको छ ।
आफ्ना कार्यकर्तालाई पक्राउ गरिएको भन्दै थरुहट संघर्ष समितिले खुला फिर्ता लिएको हो । कैलालीको टीकापुरमा बिहान पाँचबजेदेखि १२ बजेसम्म कर्फ्यु हटाइएको छ ।