काठमाडौं । नुवाकोट विदुर नगरपालिका, त्रिशुलीवजार–११ का २३ वर्षिय निर्मल तामाङ चर्चित भारतीय डान्स शो डान्स इन्डिया डान्स (डीआइडी) को उत्कृष्ट १० दशमा पर्न सफल भएका छन् । भूपू भारतीय सेना शेरवहादुर तामाङका कान्छा छोरा निर्मल वैशाखदेखि डीआईडी प्रतियोगितामा सषर्घ गरिरहेका छन् ।

बलिउड अभिनेता तथा डान्सर मिथुन चक्रवर्ती लगायत चर्चित डान्सर निर्णायक मण्डलमा रहेको यस प्रतियोगिता भारतीय च्यानल जी टिभीबाट प्रत्येक शनिवार र आईतवार राती सवा नौवजे प्रशारण हुदै आएको छ । उत्कृष्ट दशपछि छनौट हुनेलाई भोटिङको साहरा लिनुपर्ने छ ।

निर्मललाई भोटिङ गर्न डिआइडी ५ स्पेस एनआइआर लेखेर ५७५७५ मा एसएमएस गर्नुपर्ने हुन्छ । एसएमएस सेवा नेपालबाट पनि गर्न सकिनेछ । त्यस्तै अनलाईनबाट पनि उनलाई भोट गर्न सकिने छ । जसको लागि www.zeetv.com/nir लेखेर अनलाईन भोटिङ गर्न सकिने छ ।

भोटिङ गर्ने समय शनिवार राती नौ १५ देखि बुधबार साँझसम्म हुनेछ । विश्वको जुनसुकै ठाउँबाट पनि भोटिङ गर्न सकिने भएकाले उनलाई जिताउनका लागि नेपालीहरुको भोटको अपेक्षा उनका परिवारले गरेका छन् । आफ्नो छोराभन्दा निर्मल नेपालकै छोरा भएको कारण उनलाई भोट गर्न उनका वुवा शेरवहादुरले सवैलाई आग्रह गरेका छन् ।