जनकपुरधाम।  आन्दोलनका क्रममा विभिन्न जिल्लामा प्रहरीले दमन गरेको भन्दै जनकपुरमा सशस्त्र प्रहरीका उपरीक्षकमाथि मधेसी मोर्चाका कार्यकर्ताले पेट्रोल बम प्रहार गरेका छन् ।

गस्तीमा रहेको प्रहरी उपरीक्षक रविन्द्र ठाकुर सवार भ्यानमाथि आन्दोलनकारीले जनकपुर उपमहानगरपालिका–१ भानु चोकमा पेट्रोल बम हानेका थिए ।

बम हानिएपनि भ्यानमा सवार उपरीक्षक ठाकुरसहित सबै सुरक्षाकर्मीहरु सकुशल रहेको प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले जानकारी दिए ।प्रर्दशनकारीहरुलाई नियन्त्रणमा लिनप्रहरीले चार राउण्ड हवाई फायर समेत गरेको थियो ।

प्रहरीको गोली लागेर तीनजना मारिएको आक्रोशमा प्रदर्शनकारीहरुले बुधबार अबेर राति महोत्तरीका विभिन्न स्थानका चारवटा प्रहरी चौकीमा आगजनी गरेका थिए ।

प्रर्दशनकारीहरुले इलाका प्रहरी कार्यालय बलवा, मनरा प्रहरी चौकी, पर्सापतैलीप्रहरी चौकी र औरहीप्रहरी बिटमा आगो लगाएका हुन् ।