महोत्तरी। महोत्तरीको जलेश्वरमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । झडपका क्रममा प्रहरीले चलाएको गोली लागेर ४ जना प्रदर्शनकारीको ज्यान गएको छ ।

गोली लागि १० जना भन्दा बढी प्रदर्शनकारी घाइते भएका छन् । घाइतेको जलेश्वर अस्पताल र धनुषाको जनकपुर अस्पतालमा उपचार भैरहेको छ । प्रदर्शनकारीले प्रहरीमाथि डुंगामुढा गरेपछि बाध्य भएर गोली चलाउनु परेको प्रहरीले जनाएको छ ।