काठमाडौं । विश्वकै होचा व्यक्तिको परिचय पाएका दाङ, पुरन्धारा–९ का चन्द्रबहादुर डाँगीको शव ६ दिनदेखि अमेरिकामा अलपत्र परेको छ । अमेरिका भ्रमणमा रहेका चन्द्रको मृत्युको खबरले घरपरिवार मात्र होइन, गाउँ नै शोकाकुल बनेको छ।

सास भेट्न नपाए पनि लास हेर्ने आसमा चन्द्रकी आमासमान भाउजू प्रतीक्षामा छिन्। डाँगीको उपचारमा लागेको नेपाली २० लाख रुपैयाँ तिर्न नसक्दा दोलख अस्पतालमै शव कुरेर बसिरहेका छन्। शव घर लैजान उनी अमेरिकामा एक्लै दौडधुप गर्छन्। तर उनको केही लागिरहेको छैन ।
उनका अनुसार अमेरिकामा दाहसंस्कार निकै महँगो पर्ने रहेछ।‘त्यहाँ दाहसंस्कार गर्न अरू नेपाली १६ लाख रुपैयाँ खर्च हुनेरहेछ, उनले भने, कस्तो फसादमा परें।’

अमेरिकाको साओमास्थित एक सर्कसले काम गर्न बोलाएपछि उनी अमेरिका पुगेका थिए। ६ महिनाका लागि बोलाइएका डाँगीलाई उक्त कम्पनीले २६ लाख रुपैयाँभन्दा बढी भुक्तान गर्ने मौखिक सम्झौता गर्योि। सर्कसमा डाँगीले दिनमा दुई घन्टा मात्रै ड्युटी दिनुपर्थ्यो। उनी त्यो सर्कसमा फोटो सुटका लागि अनुबन्धित थिए।

डाँगीको मृत्युपछि भने उक्त कम्पनी पनि टाढिएको छ।दोलखले केही सरकारी प्रतिनिधिमार्फत अमेरिका सरकारसमक्ष उपचार खर्च माग गरिरहेका छन् तर सुनुवाइ भएको छैन। भन्छन्, ‘अहिलेसम्मको प्रयासले आधा रकम जति यताबाट बेहोरिदिन सक्नेजस्तो देखिन्छ, बाँकी आधा पनि मैले कहाँबाट ल्याउनु ?’

उनले नेपाल सरकार आफ्नो विपतमा मलम बनिदिए हुन्थ्यो भन्ने आशा राखेका छन्। तर हालसम्मको सरकारी मौनताले डाँगीको शव नेपाल ल्याउन उनलाई सहयोग मिल्ला भन्ने छाँट भने देखिएको छैन।