लस भेगास, अमेरिका । १५९ यात्रु र १३ जना चालक दल सदस्य रहेको ब्रिटिश एयरवेजको बोइङ ७७७ ड्रिमलाइनर जहाजमा आगो लागेको छ। लसभेगास विमानस्थलबाट लन्डनका लागि उड्नै लाग्दा जहाजमा आगो सल्किएको हो।
 ‘टेक अफका लागि धावानमार्गमा गुड्दै गर्दा जहाजभित्र धुँवा भरियो’, एकजना यात्रुले सुनाए। घटनामा मानवीय क्षति नभएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्। उद्धारका बेला प्रयोग हुने स्लाइडलाई बेवास्ता गरी यात्रुहरु अत्तालिएर भाग्दा घाइते हुन पुगेका छन्। १४ घाइते यात्रुलाई स्थानीय अस्पताल भर्ना गरिएको छ। उनीहरु खतरामुक्त रहेकोे बताइएको छ।

जहाजभित्र धुँवा भरिएपछि यात्रुहरु ढोकातर्फ भागदौडा गरेको एकजना यात्रुले बताए।

जहाजको बायाँ इन्जिनबाट आगो सल्किएको संघीय उड्डयन प्रशासनका प्रवक्ता ग्रेगोरले बताए। पाइलटले ‘ह्याभी फायर सर्भिसेस’ भनेको ट्राफिक कन्ट्रोलमा रेकर्ड भएको छ।-एजेन्सी