काठमाडौं, भदौ २१ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सामाजिक सन्जालमा आवद्ध सरकारी कर्मचारीहरुलाई संयमित हुन निर्देशन दिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सोमबार एक विज्ञप्ति जारी गरी फेसबुक, ट्वीटर, ब्लगमा ‘सामाजिक सद्भाव खल्बलिने एवं विभिन्न जातजाति, धर्म, संस्कृतिको मूल्य–मान्यतामा आँच आउने किसिमकाअभिव्यक्तिहरु नलेख्न तथा अरुले लेखेका सामग्रीहरु लाइक, सेयर, ट्याग, रीट्वीट नगर्न’ आग्रह गरेको हो ।
‘सामाजिक सन्जालमार्फत् विभिन्न जाति, भाषा, संस्कृति, धर्म, सम्प्रदाय, समुदाय एवं व्यक्तिप्रति आघात पुग्ने किसिमको फैलावटबाट सामाजिक सद्भावमा खलल पर्न सक्ने देखिएको हुँदा त्यस्ता कार्यहरुमा संलग्न नहुन सबै राष्ट्रसेवक कर्मचारीहरुमा हार्दिक आह्वान गरिएको छ’ ।