काठमाडौँ । डा. गोविन्द केसीले अनसन तोडेका छन् । सरकारसँग ११ बुँदे सम्झौता भएपछि डा. केसीले १४ औं दिनको दिन आज अनसन तोडेका हुन् ।
उनलाई माथिल्लो डोल्पाबासी फुर्वा डोल्फु र १८ महिनाकी बालिका सुवानी उप्रेतीले जुस खुवाएका हुन् ।शिक्षण अस्पताल परिसरमा दुई जनाले डा. केसीलाई जुस खुवाएका हुन् ।