नेपाली भान्छामा तरकारीका  रूपमा प्रयोग गरिने, भिन्डी खाइने खाद्य पदार्थ हो । भिन्डी हेर्नमा जति आकर्षक देखिन्छ, उति नै लाभकारी पनि मानिन्छ । भिन्डीका फाइदा यसप्रकार छन्-

१) भिन्डीले ठुलो आन्द्राको क्यान्सरको सम्भावना कम हुने बिभिन्न अध्ययनहरुले देखाएको छ ।

२) भिन्डीमा कम क्यालोरी हुने र फाइबर बढी हुने भएकाले तौल घटाउन मद्धत गर्छ ।

३) भिन्डीले मुटु रोग लाग्नबाट जोगाउछ । यसमा पाइने तत्वले खराब कोलेस्टेरोल घटाउछ ।

४) मधुमेह हुने सम्भावना कम गर्छ ।

५) पाचन शक्ति मजबुत बनाउछ । ६) कब्जियतबाट बचाउछ ।

७) रोग प्रतिरोध क्षमता बढाउछ , रक्तअल्पता हुनबाट जोगाउछ ।

८ ) आँखाको दृष्टि बढाउछ , गर्भावस्थामा भ्रुणको विकाशमा सहयोग गर्छ ।