काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका बहुमत केन्द्रीय सदस्यले लोकेन्द्र बहादुर चन्दलाई अध्यक्ष चुन्दै निर्वाचन आयोगमा निवेदन दर्ता गराएका छन् । चन्दलाई अध्यक्षमा चुनिएको पत्रमा हस्ताक्षर गर्नेहरुमा प्रकाशचन्द्र लोहनी, सुनिलबहादुर थापा, हरिबहादुर बस्नेत, ध्रुवबहादुर बस्नेत, नवराज सुवेदी, परशुराम खापुङ लगायतका नेताहरु छन् ।
पार्टी एकीकरणका बेला भएको सहमति अनुसार आलोपालो प्रथाबाट जसरी राणा अध्यक्ष बनेका थिए त्यसरी नै चन्दलाई अध्यक्ष बनाइएको केन्द्रीय सदस्य एवम् सभासद विक्रम पाण्डेले बताए । पार्टीका वर्तमान अध्यक्ष पशुपति शम्शेर राणा समूहकी सभासद राज्यलक्ष्मी श्रेष्ठले पुरानो सहमति अनुसार चन्दले अध्यक्ष दाबी गरे पनि पार्टी नफुट्ने र मिलाउने प्रयास भइरहेको जानकारी दिइन् ।
अहिले १ बजे चन्द समूहले पत्रकार सम्मेलन गरी पार्टी अध्यक्षमा चन्द छानिएको घोषणा गर्दैछ । पार्टी एकीकरणका बेला भएको सहमति अनुसार तत्कालीन अध्यक्ष सूर्यबहादुर थापाले आफूलाई अध्यक्ष नबनाई राणालाई अध्यक्ष बनाएको भन्दै चन्द रुष्ट भएका थिए