काठमाडौं । दोस्रो एकदिवसीय क्रिकेटमा अष्ट्रेलियाले इंग्ल्याण्डलाई ६४ रनले पराजित गरेको छ । लर्डमा पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ४९ ओभरमा ७ विकेट गुमाएर ३०९ रन बनायो । उसका लागि स्टिभ स्मिथले ७० रन बनाए । मिचेल मार्सले ६४, वेलीले ५४ र म्याक्सवेलले ४९ रन बनाए ।
इग्ल्याण्डका बेन स्टोकले ३ विकेट लिए भने स्टिभन फिनले २ विकेट हात पारे । जवाफमा मैदान उत्रिएको इंग्ल्याण्ड ४२.३ ओभरमा २४५ रन जोड्दा अलआउट भयो ।
इग्ल्याण्डका लागि इयान मोर्गानले ८७ बलमा चार चौका र चार छक्काको मदतमा ८५ रन बनाए पनि टोलीको हार टार्न सकेनन् । जेम्स टेलरले ४३ र जेसज रोएले ३१ रन बनाए पनि अन्य ब्याट्सम्यान चल्न सकेनन् ।
जितसँगै पाँच म्याचको सिरिजमा अष्ट्रेलियाले २–० को अग्रता लिएको छ ।