बागलुङ जिल्लालाई प्रदेश नम्बर चार र पाँचमा विभाजन गरी संविधानसभामा प्रस्तुत विधेयकमाथि संशोधन गर्न माग गर्दै बागलुङका आन्दोलनकारी सडकमै सुतेका छन् । आन्दोलनका कार्यक्रमअन्तर्गत बागलुङ बजारमा सडकमै सुतेर उनीहरुले नाराबाजी गरेका थिए ।
शनिबार
बिहान
बागलुङ
बजारको
मुख्य
सडकमा
सुतेर
आन्दोलन
गरिरहेका
आन्दोलनकारीहरुले
समग्र
बागलुङलाई
प्रदेश
नम्बर
चारमै
राख्न
आग्रह
गरेका
थिए
।
उनीहरुले
आफुहरु
दुई
सातादेखि
निरन्तर
शान्तिपूर्ण
आन्दोलनमा
उत्रिरहेको
उल्लेख
गर्दै
माग
पुरा
नभए
सशक्त
आन्दोलन
गर्ने
चेतावनी
दिएका
थिए
।
संविधानसभामा
प्रस्तुत
विधेयकमाथि
संशोधन
प्रस्ताव
दर्ता
गर्ने
अन्तिम
दिन
शनिबार
आन्दोलनका
कार्यक्रमलाई
थप
सशक्त
बनाइएको
उद्योग
बाणिज्य
संघका
अध्यक्ष
बसन्तकुमार
श्रेष्ठले
बताए
।
एकीकृत
बागलुङको
माग
गर्दै
बागलुङका
राजनीतिक
दल
र
सामाजिक
संघ
संस्थाहरुले
संयुक्त
रुपमा
आन्दोलनको
कार्यक्रम
आव्हान
गरेका
थिए
।
भदौं
६
गतेदेखि
शुरु
भएको
बन्दका
कारण
बागलुङको
जनजीवन
प्रभावित
बनेको
छ
।
बन्दका
कारण
जिल्लाका
व्यापारिक
केन्द्रहरु
बागलुङ
बजार,
बुर्तिवाङ
बजार,
हटिया
बजार,
खर्वाङ
बजार,
कुश्मीसेरा
बजार
र
बरेङ
बजार
पूर्णरुपमा
बन्द
भएका
छन्
।
बजारसँगै
यातायातका
साधनहरु
पूर्णरुपमा
बन्द
हुँदा
गाउँ
गाउँमा
खाद्यान्नको
समेत
अभाव
हुन
थालेको
छ
।
बन्दका
बेला
यातायातका
साधन
नचल्दा
दैनिक
उपभोग्य
बस्तु
लगायत
अत्यावश्यक
सामाग्रीका
लागि
खच्चडको
प्रयोग
गर्नु
परेको
स्थानीय
व्यावसायीहरु
बताउँछन्
।
बन्दका
कारण
सबैभन्दा
बढी
कुखुरापालक
किसानहरु
मर्कामा
परेका
छन्
।
व्यावासयीक
रुपमा
कुखुरापालन
गरिरहेका
किसानहरुलाई
दाना
ढुवानीमै
समस्या
भएको
छ
।
बन्दसँगै
दिनदिनैको
आन्दोलनले
साना
बालबालिकालाई
समेत
प्रभावित
पारेको
छ
।
विद्यालय
जाने
समयका
बालबालिकाहरु
विद्यालय
बन्द
भएपछि
आन्दोलनकारीसँग
नाराजुलुसमा
हिड्ने
गरेका
छन्
।
‘केहीले
त
झण्डै
फेला
पारेछन
र
अखण्ड
बागलुङ
जिन्दावाद
भन्दै
बाल
जुलुसनै
निकाल्ेन
गरेका
छन्
।
घरमा
होमवर्क
गर्ने
भन्दापबिन
कतिखेर
आन्दोलनकारी
आउँछन
भनेर
बाटो
कुरेर
बस्छन्
।’
अभिभावक
रामजी
शर्माले
भन्नुभयो
।
आन्दोलनका
कार्यक्रमहरु
परिवर्तन
गर्न
नसक्दा
बन्द
संस्कृति
बढेको
भन्दै
स्थानीयले
असन्तुष्टी
समेत
जनाएका
छन्
।