दही संसारभरि नै स्वास्थ्यबद्र्धक भोजनमध्ये एक मानिन्छ । यसले शरीरलाई रोगबाट टाढा राख्छ र स्वास्थ्य एवं दीर्घायु बनाउँछ ।
जानौं दहीका फाइदा :
१. दहीले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ, दही बनाउने ब्याक्टेरियाले हाम्रो शरीरमा हुन सक्ने कुनै पनि संक्रमणबाट बचाउँछ ।
२. दहीले हाम्रो शरीरमा स्वेतरक्त कणिकाको काम गर्छ । दूध मन नपर्नेहरुले दही सेवनबाट पोषक तत्व प्राप्त गर्न सक्छन् ।
३. दहीको नियमित सेवनबाट गाभा इन्टरफरान नन प्रोटीनको मात्रा बढी पाइन्छ ।
४. यसले रोग प्रतिरोधात्मक क्षमतालाई सुदृढ बनाउँछ ।
५. दहीको नियमित सेवनले ठूलो आन्द्रा र कोलोनको क्यान्सर हुनबाट बचाउँछ ।
६. दहीमा ल्याक्टिक अम्ल बढी मात्रामा पाइन्छ । जसले ठूलो आन्द्रामा दुर्गन्ध उत्पन्न गर्ने जीवाणु– फूटरे फेक्टिभ ब्याक्टेरियाको विकासलाई रोक्छ ।
७. ठूलो आन्द्रामा जीवाणुको सन्तुलन बनाइराख्न दहीको नियमित सेवन गर्नुपर्छ ।
८. दहीमा क्याल्सियम,मिनरल बढीमात्रामा पाइन्छ । ओस्टियोपोरोसिस नामक रोगले ग्रस्त रोगीलाई दही खाने सल्लाह दिइन्छ ।
९. दहीमा कार्बोहाइड्रेट, प्रोटीन, भिटामिन बी ५, भिटामिन बी १२ पनि पाइन्छ ।
१०. दहीको सेवनले उच्च कोलेस्टेरोलका रोगीलाई लाभदायी हुन्छ ।