भाद्र १८, झापा। संघीय लिम्बुवान पार्टी नेपालले आजबाट अनिश्चितकालिन पूर्वका नै जिल्ला बन्द गराएका छन् ।लिम्बुवान पार्टी नेपाललले पुर्वका  नौ जिल्ला लाई टुक्राउन नहुने, पक्राउ परेका आफ्ना कार्यकर्तालाई रिहा गर्नु पर्ने,  लिम्बुवान प्रदेशको माग गर्दै अनिश्चतकालिन बन्दको घोषण गरेका हुन् ।

बन्दका कारण झापा, पाँचथर, ताप्लेजुङ, इलाम, तेहथुम,  मोरङ, सुनसरी, धनकुटा, भोजपुर, संखुवासभालगायत जिल्ला जनजिवन प्रभावित भएको छ।

बन्दले यातायात, बजार,उद्योग सञ्चालनमा आएका छैनन भने विद्यालय शान्ति क्षेत्र घोषणा भइसकेकाले विद्यार्थीको भविष्य बिग्रने भन्दै शिक्षण संस्था खोल्न सहमत भएको पार्टीका जिल्ला सचिव सागर केरुङले बताए ।