१८ भदौ, काठमाडौं । तराई मधेशमा आन्दोलन चलिरहँदा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर काठमाडौ आएपछि संयुक्त लोकतान्त्रिक मधेशी मोर्चामा सो कुरा ठूलो विवाद र चर्चाको विषय बन्यो । यादव र ठाकुर आन्दोलन छाडेर वार्ता गर्न काठमाडौ गए भन्ने कुरालाई विभिन्न सञ्चारमाध्यमले स्थान पनि दिए ।
यो विषय यति विवादस्पद भयो कि फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र तमलोपाका अध्यक्ष ठाकुरले छुट्टा छुट्टै पत्रकार सम्मेलन गरेर त्यसलाई खण्डन गरे । उनीहरुले पत्रकार सम्मेलन गरेर आफूहरु पार्टीको विशेष कामले काठमाडौ आएको र कुनै नेतासँग वार्ता नगरेको प्रतिकृया दिए ।
काठमाडौ आएको विषयलाई सबभन्दा बढी चर्चामा ल्याउने भूमिका सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले खेले । उनले काठमाडौंका विभिन्न सञ्चारमाध्यमलाई फोन गरेर उपेन्द्र यादव र महन्थ ठाकुर वार्ताका लागि काठमाडौ गएको जानकारी दिए । उनले अहिलेको अवस्थामा काठमाडौ जानु चाकरी बाहेक अरु केही होइन, अबको वार्ता काठमाडौमा होइन मधेशमा हुने बताए ।
महतोले लगाएको यो कुराको खण्डन संघीय समाजवादी फोरम नेपालले गरेको छ । सो पार्टीले मधेशी जनतालाई गुमराह गर्ने कुकार्य नगर्न महतोलाई चेतावनी दिएको छ ।
के गरे दुई नेताले काठमाडौंमा ?
यद्यपि, यी दुई नेताले आन्दोलनको विषयमा कसैसँग औपचारिक वार्ता नगरेपनि विभिन्न दलका नेताहरुलाई भेटघाट गरेका छन् । तमलोपाका अध्यक्ष ठाकुर काठमाडौ आइसकेपछि प्रधानमन्त्री सुशिल कोइराला, एमाओवादीका अध्यक्ष प्रचण्ड, भारतीय राजदूत रञ्जित रेसँग छलफल गरेका छन् । उनले प्रधानमन्त्री सुशिल कोइरालासँग मंगलवार साँझ फोन संवाद गरेका थिए भने अध्यक्ष प्रचण्ड र भारतीय राजदूत रञ्जित रे सँग हिजो भेटे । तर, यसलाई उनले वार्ताको रुपमा लिएका छैनन् ।
आफ्नो पार्टीका कार्यालयमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष ठाकुरले आफू पार्टीको कामले काठमाडौ आएको तर राजनीतिक प्राणी भएको कारणले कुनै नेतासँग भेटघाट गर्नु वार्ता नभएको, आपसी भाइचाराका लागि पनि नेताहरुको बीचमा भेटघाट हुने गरेको बताए ।
उनले आफूले प्रधानमन्त्री कोइरालासँग फोन संवाद गरेको स्वीकार गरे । फोन संवादमा आफूहरुले राखेको शर्त पूरा नभएसम्म वार्तामा नबस्ने जवाफ दिएको दावी गर्दै उनले वार्ताको वतावरण बनाउने जिम्मेवारी सरकारको रहेको जवाफ प्रधानमन्त्रीलाई दिएको दावी गरे । यद्यपी प्रचण्ड र रञ्जित रे सँगको भेटघाटलाई अस्वीकार गरे । उनले वार्ताका वातावरण बनाउन आफ्नो पनि भूमिका रहने पनि बताए ।
अध्यक्ष
उपेन्द्र
यादव
:
फोरम
नेपालका
अध्यक्ष
उपेन्द्र
यादव
पनि
काठमाडौ
आएपछि
गोप्य
ढंगबाट
विभिन्न
नेताहरुलाई
भेटेका
छन्,
जुन
कुरा
सार्वजनिक
भएका
छैन
।
उनका
पार्टी
निकट
स्रोतका
अनुसार
अध्यक्ष
यादवले
एमाओवादीका
अध्यक्ष
प्रचण्ड
र
नेकपा–माओवादीका
अध्यक्ष
मोहन
वैद्य
किरणसँग
भेटघाट
गरेका
छन्
।
उनले
यहाँ
काठमाडौमा
विभिन्न
अन्तराष्ट्रिय
शक्तिसँग
पनि
भेटघाट
गरेर
मधेशमा
भइरहका
आन्दोलनको
बारेमा
जानकारी
गराएका
छन्
।
प्रधानमन्त्री सुशिल कोइरालाले मंगलवार अध्यक्ष उपेन्द्र यादवलाई पनि भेट्नका लागि फोन गरेका थिए तर यादवले फोन नउठाएपछि प्रधानमन्त्री कोइरालाले पार्टी संसदीय दलका प्रमुख सेचेतक डा.शिवजी यादवलाई फोन गरेका थिए । उपेन्द्र यादवलाई वार्तामा बस्न डा.शिवजी यादवलाई प्रधानमन्त्री कोइरालाले आग्रह गरेका थिए ।