काठमाडौं । अनौपचारिक शिक्षा केन्द्रले नेपालको शिक्षामा निकै सुधार भएको दाबी गरेको छ ।आर्थिक वर्ष २०६७/०६८ देखि २०७१/०७२ सम्मको ‘साक्षर नेपाल अभियान’ नामक प्रतिवेदन सार्वजनिक गर्दै केन्द्रले मुलुकका ८१ प्रतिशत जनता साक्षर रहेको जनाएको छ ।
आज राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको उक्त प्रतिवेदनमा आर्थिक वर्ष ०६७ मा ५७ प्रतिशतको शिक्षा प्रगती रहेकोमा ०७२ सम्म आइपुग्दा ८१ प्रतिशत पुगेको उल्लेख गरिएको छ ।
हालसम्म १८ वटा जिल्ला पूर्ण साक्षर घोषणा भइसकेको र ३५ जिल्लाहरु पनि क्रमशः साक्षर घोषणा हुने क्रममा रहेको केन्द्रका निर्देशक बाबुराम पौडेलले जानकारी दिए ।
उनका अनुसार हालसम्म ललितपुर, सिन्धुपाल्चोक, धादिङ, मुस्ताङ, पाल्पा, स्याङजा, चितवन, सुर्खेत गुल्मी, प्युठान, दाङ, नवलपरासी, रुपन्देही, कास्की, तनहुँ, लमजुङ र पाँचथर साक्षर जिल्ला घोषित भइसकेका छन् । बाँकी ३५ वटा जिल्ला भने घोषणा हुने अन्तिम तयारीमा पुगेको उनको भनाई छ ।