काठमाडौं । मलेसियामा जारी एसीसी यु–१९ प्रिमियर लिग क्रिकेटको अन्तिम खेलमा नेपालले साउदी अरब विरुद्ध उत्कृष्ठ बलिङ गरेको छ ।टस जितेर पहिले ब्याटिङ गरेको साउदी अरबले नेपाललाई जितका लागि ५६ रनको सामान्य चुनौती दिएको छ ।
साउदीका लागि कप्तान फैजल खानले सर्वाधिक १९ रन बनाउनुबाहेक कुनै पनि ब्याट्सम्यानहरुले दोहोरो अंकको स्कोर गर्न सकेनन् ।
उसलाई सस्तैमा समेट्ने क्रममा नेपालका सुशील कंडेलले १० ओभर बलिङ गर्दै ९ मेडन राखेर १२ रन खर्चिएर ४ विकेट लिए । उनले अन्तिम एक ओभरमा भने १२ रन खर्चिएका थिए ।यस्तै प्रेम तामाङ र सुनिल धमलाले समान २–२ विकेट लिए ।