काठमाडौं । आगामी मंसिर ८ गतेपछि हस्तलिखित पासपोर्ट नचल्ने भएको छ । राहदानी विभागले आगामी मंसिर ८ गतेपछि हस्तलिखित पासपोर्ट नचल्ने जनाएको छ । उसले जतिसक्दो चाडो मेशिन रिडेबल पासपोर्ट एमआरपी बनाउन सबैसित आग्रह गरेको छ ।

विदेशमा रहेका नेपालीलाई पनि एमआरपी  बनाउन विभागले भनेको छ ।  मंसिर पहिलो सातापछि हस्तलिखित पासपोर्ट मान्य नहुने बताउँदै विभागले चाडो भन्दा चाडो एमआरपी बनाउन आग्रह गरेको हो ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को नियमानुसार आगामी नोभेम्बर २४ पछि हस्तलिखित राहदानी अमान्य हुने भएकाले सम्बद्ध सबैलाई एमआरपी बनाउन विभागले अनुरोध गरेको हो।