काठमाडौं । नेपाली कांग्रेसको १३ महाधिवेशन अनिश्चितकालको लागि स्थगित भएको छ। संविधान सभा भवन नयाँ बानेश्वरमा मंगलबार बसेको केन्द्रीय समितिको बैठकले अर्को सूचना प्रकाशित नभए सम्मको लागि महाधिवेशन स्थगित गर्ने निर्णय गरेको हो।दोस्रो पटक तोकिएको म्यादमा अनुसार कांग्रेस महाधिवेशन असोज २-५ सम्म काठमाडौंमा गर्ने भनिएको थियो।
संविधान निर्माणमा सक्रिय रहनु परेको भन्दै पार्टी विधान र संवैधानिक व्यवस्था विपरित कांग्रेसले महाधिवेशन स्थगित गरेको छ। यस अघि कांग्रेसले भदौ २४ देखी २८ सम्म १३ औं महाधिवेशन गर्ने निर्णय गरेको थियो। १२ औं महाधिवेशन सम्पन्न भएको आगामि असोज ५ गते पाँच बर्ष पुरा हुन्छ। कांग्रेसको विधान र नेपालको अन्तरिम संविधान अनुसाद दलले पाँच बर्ष भित्र अधिवेशन गरिसक्नु पर्छ।