काठमाडौँ । दार्चुला जिल्लामा अवस्थित अपि हाइड्रो पावर कम्पनीको शेयर मङ्गलवार वाँडफाँट भएको छ । कम्पनीको शेयरमा आवेदन मध्ये २९ हजार रुपैयाँसम्मका लाई लटरी प्रथाबाट छनौट गरेको हो । यसरी लटरी प्रथाबाट छानिने लगानीकर्ताले १० कित्ताको दरमा शेयर पाउने भएका छन् ।
३० हजार रुपैयाँसम्म लगानी गर्ने सबैले १० कित्ता शेयर सुनिश्चित गरेका छन् । ५० हजार रुपैयाँसम्म आवेदन दिनेले १६ कित्ताको दरले र १ लाख रुपैयाँसम्म लगानी गरेकाले २६ कित्ताका दरले शेयर पाउने भएको बिक्री प्रबन्धक एनआइबीएल क्यापिटलका महाप्रबन्धक मेखबहादुर थापाले जानकारी दिए।
८ दशमलव ५ मेगावाट विद्युत उत्पादन क्षमता रहेको आयोजनाको ३० लाख कित्ता शेयर निष्कासन गरेको थियो । सर्वसाधारणमा जारी गरेको २८ लाख ५० हजार कित्ता शेयरमा ३० गुणाभन्दा बढिले आवेदन परेको थियो ।