काठमाडौं । वैशाख दोस्रो साता गएको विनाशकारी भूकम्पको नमिठो धक्का महसुस गरेको स्वदेशी फिल्म उद्योगले त्यसको चार महिनापछि बल्ल राहतको सास फेरेको छ।

मुम्बई संघर्षपछि ‘भैरव’ मार्फत् स्वदेशी दर्शकमाझ कमब्याक जनाएका नायक निखिल उप्रेती यतिबेला सिंगल स्क्रिन हलमा दर्शक घुइँचोमा हाइहाइ बनेका छन्।  उनले विदेशी फिल्मको टेस्टलाई ‘भैरव’ मार्फत् स्वदेशी दर्शकमा पस्केकैले चलेको हुनसक्ने अनुमान छ।

मधेस आन्दोलन चर्किरहेका बेला मधेस सेरोफेरोकै कथामा बनाइएको ‘भैरव’ मा खासगरी नेतालाई गाली गरिएका कुरा र देशभक्तिको भावनालाई दर्शकले बढि रुचाएको निखिलको अनुभव छ। ‘भैरव’ उपत्यकाबाहिर पोखरा, नारायणगढ, बुटबल र हेटौंडामा रिलिज भए पनि तराई क्षेत्रमा भने भएको छैन।

चलचित्रमा निखिल उप्रेदी , अनु शाह, कुरलीधर , नागेन्द्र रिजाल , रतन दारुवाला लगायतको अभिनय रहेको छ ।