सप्तरी। लगातारको बन्दले तराइको जनजिवन अस्तव्यस्त भएको छ ।मधेशवादी दलले गरेको बन्दका कारण हरेक समानको मुल्य वृद्धि भएको छ भने दैनिक उपभोग्य बस्तुको मूल्यवद्धि ह्वात्तै बढेको छ।

यस्तै बन्दले यातायातका साधन चलेका छैनन् बजार, उद्योग पूर्णरुपमा बन्द छन् भने सरकारी कार्यलय बन्दले सर्वसाधरण समस्यामा परेका छन्।यस्तै लामो समयको बन्दले शैक्षिक संस्थामा पठन पाठन बन्दले गर्दा लाखौ बिद्यार्थीहरु पढाइ प्रभावित भएको छ ।

यसैगरी बन्दका कारण तराईमा पेट्रोलियम पदार्थको अभाव छ । किसानलाई धानखेती रोपाइँ गर्ने चटारो भएका बेला मधेस बन्द हुँदा खेत जोत्न ट्र्याक्टर चलाउन डिजेल पाउन मुस्किल भएकाले किसान थप समस्यामा परेका छन् ।

बन्दको कारण भएको पेट्रोलियम पदार्थको हाहाकार भएको छ ।