एजेन्सी । मलेसियामा सरकार विरोधी प्रदर्शनमा हजारौं सहभागि भएका छन् ।प्रधानमन्त्री नजिब रजाकले भ्रष्टाचारविरुद्ध कुनै कदम चाल्न नसकेको भन्दै प्रदर्शनकारीले उनको राजीनामा मागेका छन् ।

सरकारले प्रदर्शनलाई गैरकानूनी भनेपनि राजधानी क्वालालाम्पुरमा ठूलो संख्यामा प्रदर्शनकारी सडकमा उत्रिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।धेरैजसो प्रदर्शनकारीले आइतबार पनि प्रदर्शनमा सहभागी हुन सडकमै डेरा जमाएर रात काटेका छन् ।

प्रधानमन्त्री रजाकले विदेशी दाताबाट ७० करोड अमेरिकी डलर लिएको भन्दै प्रदर्शनकारी आक्रोशित भएका हुन् ।मलेसियाको भ्रष्टाचारविरुद्ध कार्य गर्ने निकायले पनि अमुक विदेशी दाताले रकम दिएको पुष्टि भएको जनाएको छ ।

तर प्रधानमन्त्री रजाकले भने आफूले कुनै गलत काम नगरेको दाबी गर्दै प्रदर्शनकारीले मुलुकको छवी धमिल्याएको आरोप लगाएका छन् ।