काठमाडौं । काठमाडौंमा जारी यु–१९ साफ च्याम्पियन्सिप फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनलमा खेलमा नेपालले अफगानिस्तानविरुद्ध २-० को अग्रता लिन सफल भएको छ ।
सात दोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा भइरहेको खेलमा नेपाललाई पहिलो हाफको ३३ औं मिनेटमा अन्जन विष्टले कर्णर बललाई हेडमार्फत गोलमा परिणत गरी अग्रता दिलाएका हुन् ।
त्यसलगत्तै डिबक्सभित्र नेपाली खेलाडीलार्इ लडाएपछि पाएको पेनाल्टीलार्इ सदुपयोग गर्दै अन्जनले नै अर्को गोल गरी नेपाललार्इ २-० को अग्रता दिलाए ।पहिलाे हाफ सकिएकाे छ ।